Latest News

एकीकृत समाजवादीका उपमहासचिवलाई ‘हर्ट अट्याक्ट’, पोखराका मेयर धनराजले लेखे यस्तो स्टाटस

Nepalese Times June 7, 2022 (2 Year ago)    489 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेललाई हृदयघात (हर्ट अट्याक) भएको छ ।

वरिष्ठ अर्थशास्त्रीसमेत रहेका उनलाई अचानक हृदयघात (हर्ट अट्याक) भएपछि उनलाई गंगालाल हृदय रोग केन्द्रमा उपचार सुरु गरिएको छ ।

उनलाई अचानक हृदयघात (हर्ट अट्याक) भएसँगै नेकपा एकीकृत समाजवादीबाट पोखरा महानगरपालिकाको मेयर पदमा विजयी भएका धनराज आचार्यले स्वास्थ्य लाभको कामना गरेका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

यस्तै ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका एक नेताको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका– ५ स्थित खरचुहिया सडक खण्डमा ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको ज्यान गएको हो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसबाट चौधरी सुरुंगा नगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।

उनको ज्यान गएलगत्तै स्थानीयले सोमबार अबेरसम्म पूर्व–पश्चिम राजमार्ग अबरूद्ध गरेका छन् । चौधरी सवार स १०प ४६११ नम्बरको स्कुटरलाई ना ६ ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

उनको घटनास्थलमै ज्यान गएपछि स्थानीयहरुले आन्दोलन सुरु गरेका हुन् । घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर आन्दोलन गरेका थिए । आज बिहान अवस्था सामान्य छ ।

प्रहरीले ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस