Latest News

गृहमन्त्री खाण एक्कासी प्रचण्ड निवास खुमलटारमा किन पुगे ?

Nepalese Times June 4, 2022 (2 Year ago)    695 Views

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।

भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो । भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको थियो ।

सरकारले प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ । त्यसबारे पनि छलफल भएको थियो ।

यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् । आज विहान खुमलटारस्थित निजी निवासमा पुगेर मेयर साहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

भेटमा प्रचण्डले मेयर साहले सबैलाई मिलाएर सहकार्य गरिरहेकाले पाँच वर्षको कार्यकालमा साहलाई साथ र सहयोग गर्ने आश्वासन दिएका छन् । प्रचण्डले मेयर साहसँग भने,‘तपाईँको जित बहुत ठूलो कुरा हो। क्रान्ति हो । पहिलेका मेयरहरू। स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग अलाइन्स भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर ( सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो शहरानिय छ त्यसैले हजुरलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।’

यसअघि काठमाडौं महानगरपालिकाका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए । बुधबार सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिइदिन समेत उनले अपिल गरेका थिए ।

‘काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौं,’ उनले भनेका छन्, ‘यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरू भएर निकै पछिसम्म पनि रहिरहने छ। समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौं।’

बुधबार शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। मेयर घोषणा हुनुअघि उनले बालकोट पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। त्यसैगरी उनले नेपाली सेनाका सेनापति प्रभुराम शर्मालाई जंगीअड्डा पुगेर भेटेका थिए।

प्रतिक्रिया दिनुहोस