काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे ।
अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए । ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ उनले भने ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह चुनावमा निर्वाचित जनप्रतिनिधिहरुलाई बुधबार प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले कांग्रेसमा दम्भ र अहंकार चुलिएको आरोप लगाएका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काउँदै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस सधैं जनता र न्यायको पक्षमा रहने बताएका छन्। उनले जति हार व्यहोरे पनि देश बचाउने काममा कांग्रेस अग्रसर रहने बताए।
उनले विगतमा अहंकारकै कारण एमालेलाई ठेगान लगाएको भन्दै कांग्रेसलाई पनि ठेगान लगाउने अवस्था नआओस् भनी चेतावनी दिएका थिए।
त्यसको जवाफमा पौडेलले भनेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं।’
स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन गर्ने सहमति भए पनि नेपाली कांग्रेसले धोका दिएको माओवादी नेताहरुले आरोप लगाउँदै आएका छन्।