Latest News

काठमाडौं महानगर : मतगणना सकिएका वडाहरुमा बालेन, केशव र सिर्जनाले कति-कति मत ल्याए ?

Nepalese Times May 18, 2022 (2 Year ago)    578 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता झन बढाएका छन् । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार शाहले १६ हजार ७ सय ७५ मत पाएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ८ हजार ७ सय २६ मतसहित पछ्याइरहेका छन्।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७८३३ मत सहित तेस्रो स्थानमा छन्। हालसम्म काठमाडौंका वडा नम्बर १, २, ३ र ५ वडाको मत गणना सकिएको छ।

पछिल्लो मत परिणाम अनुसार मत गणना सकिएको वडाहरुमध्ये वडा नम्बर १ मा २३१८ मतमध्ये बालेन शाहले ७८३, केशव स्थापितले ३६५ र सिर्जना सिंहले ४५१ मत पाएका छन् ।

काठमाडौँ महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष र एक सदस्य पदमा नेकपा एमाले विजयी भएको छ। निर्वाचन आयोगका अनुसार वडा नं १ बाट एमालेका भरतलाल श्रेष्ठ ६ सय २२ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। उनीसँगै ७५९ मतका साथ एमालेकै सदस्य उम्मेदवार रसला तण्डुकार पनि विजयी भएकी छन्।

यस्तै वडा नम्बर २ मा ३३९७ मत खसेकोमा सबैभन्दा धेरै बालेन शाहले १२१५ मत पाएका छन् । केशव स्थापितले ७२८ मत पाएका छन् भने सिर्जना सिंहले ४९७ मत पाएका छन् ।

काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे। वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी हुनुभएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाए।

यस्तै वडा नम्बर ३ मा ६ हजार २ सय ६३ मत खसेको थियो । जसमध्ये बालेन शाहले सबैभन्दा धेरै २४०६, केशव स्थापितले १२०३ र सिर्जना सिंहले ७२८ मत पाएका छन् ।

काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित भएका छन् । उनले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी ल्याएका छन् ।थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १५०८ भोट प्राप्त गरे ।

वडा नम्बर ५ मा ४ हजार ७९ मत खसेकोमा बालेन शाहले १५०१, केशव स्थापितले १०६६ र सिर्जना सिंहले ७२७ मत पाएका छन् । अहिले मत गणना रहेका अन्य वडाहरुमा पनि बालेन शाहले नै सबैभन्दा धेरै मत ल्याएका छन् । यो वडामा एमालेले जितेको छ ।

एमालेका उम्मेदवार वीरेन्द्र प्रजापति १ हजार ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश डंगोलले १ हजार ५७५ मत ल्याएका छन् । ५ हजार ९९९ मतदाता मध्ये वडा नम्बर ५ मा ४ हजार ७९ मत खसेको थियो ।

अहिलेसम्म ववडा नम्बर ४ मा ७५५४, वडा नम्बर ६ मा ३८५१, वडा नम्बर ७ मा ३००, वडा नम्बर २९ मा १३४०, वडा नम्बर ३० मा १६६६, वडा नम्बर ३१ मा ४७६७ र वडा नम्बर ३२ मा ७६१३ मत गनेर सकिएको छ ।

प्रतिक्रिया दिनुहोस