काठमाडौं । मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसबाट धनबहादुर गुरुङ निर्वाचित भएका हुन्। नेकपा एमालेका मनबहादुर गुरुङलाई पराजित गर्दै धनबहादुर गुरुङ पालिका अध्यक्ष बनेका हुन्।
यस्तै मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् ।
३ सय २० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याए । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याउँदा एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।
यस्तै मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी भएका छन् । घलेले ८ सय ६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । घलेका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ ९घले० ७ सय १३ मत ल्याएका छन् ।
त्यसैगरी सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी काँग्रेसका रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए । यहाँ राप्रपाका उपाध्यक्ष उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याएका छन् ।
यस्तै मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अन्तिम मतपरिणाम प्राप्त भएको छ। निर्वाचन परिणाम अनुसार त्यहाँ एमालेको उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। विष्टले ६८९ मत पाएका छन्। प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देव बहादुर गुरुङले १८५ मत पाएका छन्।
उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छिन्। उनले ६४१ मत पाइन्। नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएर पराजित भएकी छिन्।
यस्तै चर्चामा रहेको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । विहान ११ बजेपछि महानगरको वडा नम्बर १ ख बाट मतगणना सुरु भएको हो । मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा सुरु भएको हो । मतगणनाका लागि मतगणनास्थलमा तारजाली लगाउनुका साथै सीसीटीभी पनि जडान गरिएको छ ।
मतगणनाको पछिल्लो परिणाम अनुसार २० मत गन्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि १ भोट ल्याएका छन्। अहिले २० मत गन्दा एमालेका विजय सुवेदीले ११, गठबन्धनकी रेनु दाहालले ६ र कांग्रेसबाट विद्रोह गरी भुइँकटहर चुनाव चिह्नमा उठेका जगन्नाथ पौडेलले १ मत ल्याएका छन्।