Latest News

चितवन अपडेट : माडी मेयरमा माओवादीको अग्रता कायमै, उपमेयरमा को ?

Nepalese Times May 14, 2022 (2 Year ago)    2163 Views

काठमाडौं । चितवनको माडीमा कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदवारले प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवारसँगको मतान्तर कायमै राखेका छन्। यो नगरपालिकामा एमाले–राप्रपाबीच गठबन्धन छ । उपमेयरमा पनि कांग्रेस र माओवादीको गठबन्धन छ।

मेयरमा माओवादी केन्द्रका उम्मेदवार ऋषि काफ्ले १४३ मतसहित अगाडि छन् । उनलाई एमालेका ताराकाजी महतोले १२७ मतसहित पछ्याइरहेका छन्।

उपमेयरमा पनि कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार अगाडि छन् । कांग्रेसका उपमेयरका उम्मेदवार खेम महतोले १४३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार ९पुतली० कृष्ण पौडेलले ७८ र राप्रपाका मदन पौडेल ३० मत सहित तेस्रो स्थानमा छन्।

माडी नगरपालिका– १ को वडाध्यक्षमा भने राप्रपा उम्मेदवार अमित लामा अगाडि छन्। उनले १३० मतसहित अग्रता हासिल गर्दा नेपाली कांग्रेसका जीवन महतोले १२२ मत ल्याएका छन् । एमाले उम्मेदवार टीआर सुवेदीलाई १० मत परेको छ।

०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादीका ठाकुर ढकाल मेयरमा विजयी भएका थिए। त्यस्तै रोल्पाको माडी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारविरुद्ध एमाले–कांग्रस गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन्।

अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार भन्दा पछि भएपनि उपाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार अगाडि छन्। गाउँपालिका अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका विजयकुमार घर्ती मगरले ४ सय १६ मत प्राप्त गरेका छन्।

माओवादी केन्द्रका उम्मदेवार अमरसिंह घर्ती मगर यहाँ गठबन्धनका उम्मेदवार भन्दा ८ मतले पछि छन् । उनले ४ सय ८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा भने माओवादी केन्द्रकी जयपुरी घर्तीले ४ सय १२ मत सहित अग्रता हासिल गरेकी छन् । उनलाई कांग्रेस–एमाले गठबन्धनका गठबन्धनका उम्मेदवारले ३ सय ७४ मतसहित पछ्याइरहेका छन्।

यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले सुरुवाती अग्रता लिएको छ । नगरपालिकाको वडा नं. एकको ७ सय ९२ मत गन्दा कांग्रेसका इस्तियाक अहमद खानले ३९१, राप्रपाका सागरप्रताप राणाले १६५ र एमालेका डा.रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी कमला थापाले १२७, जनता समाजवादी पार्टीकी आस्मा खातुनले १४४ र राप्रपाकी विनिता गुप्ताले १०७ मत ल्याएकी छन् । वडा अध्यक्षमा नेपाली कांग्रेसले ४१६, जसपाले १६५ र एमालेले ४८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस