Latest News

एमालेका महानगर मेयर उम्मेदवार मध्यरातमा पैसाको झोला बोकेर कांग्रेस नेताको घरमा पुगेपछि..

Nepalese Times May 10, 2022 (2 Year ago)    1047 Views

काठमठाडौं । वीरगञ्ज महानगरपालिकाका एमाले उम्मेदवार विजय सरावगीले मध्यरातमा कांग्रेस नेताको घरमा पुगेपछि वितण्डा मच्चिएको छ । सोमबार मध्यराति वीरगञ्ज महानगरपालिकाको नगवास्थित एकजना कांग्रेस नेताको घरमा उनी पुगेका हुन् ।

कांग्रेसका क्षेत्रीय प्रतिनिधि विजय चौरसियाको घरमा उनी गएराति ११ बजेतिर पुगेका थिए । भोट किन्न कांग्रेस नेताको घरमा आएको भन्दै स्थानीयले होहल्ला गर्दै घर घेरा हालेका थिए । त्यसपछि चौरसियाको घर छाडेर उनी छिमेकको अर्को घरमा पुगेका थिए ।

यसबारे साढे १२ बजेतिर खबर पाएको प्रहरीले मंगलबार बिहान ३ बजेतिर मात्रै निवर्तमान मेयर सरावगीलाई उद्धार गरेर घर पुर्‍याएको थियो । सरावगी एमाले–लोसपा गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार हुन् ।

नगवाबाट निवर्तमान नगर प्रमुख सरावगीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले पुष्टि गरेका छन् ।

राति निवर्तमान मेयर सरावगी आफ्नो घरमा आएको कांग्रेस नेता चौरसियाले पनि बताएका छन् । आफू सुतिसकेको अवस्थामा छोराले दुई जना मान्छे भेट्न आउनुभएको छ भनेर उठाएको र हेर्दा सरावगी र मामाको छोरा कृष्ण चौरसिया रहेको थाहा भएको उनले बताएका छन् ।

उनले सरावगीलाई आफूले घरमा नबोलाएको भन्दै भने, ‘मलाई भेट्न आउनुभएको हो वा ज्यान जोगाउन आउनुभएको हो रु त्यो कुरा उहाँलाई नै सोध्नुपर्छ ।’

राति प्रदर्शन गरेका जसपाका कार्यकर्ताहरुले भने सरावगी मध्यरातमा कांग्रेस नेताको घरमा आउनु शंकास्पद भएको भनेका छन् । सरावगी कांग्रेस नेताको घरमा भोट किन्न छिरेपछि स्थानीयले विरोध गरेको जसपाको महानगर युवा समितिका पूर्व कोषाध्यक्ष भुषाल चौरसियाले बताएका छन् ।

जनता सचेत भइसकेकाले गलत क्रियाकलापको विरोध गर्नु स्वाभाविक भएको भन्दै जसपाको तर्फबाट मेयरका उम्मेदवार राजेशमान सिंहले घटनामा आफ्ना कार्यकर्ता संलग्न भएको भन्नु गलत भएको टिप्पणी गरे ।

निर्वाचन आयोगले जारी गरेको आचार संहितामा जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्नुपर्ने उल्लेख छ ।

कोणसभा सकेर आफू उसको घरमा पुगेको र १० बजे नै बोलाएको भए पनि अलि ढिलो भएको र भोटको स्थिति के छ रु भनेर बुझ्न गएको मेयर उम्मेदवार सरवागीले बताएका छन् ।

उनीमाथि त्यहाँका स्थानीय बासिन्दाले पैसाको झोला बोकेर मत किन्न आएको भन्दै विरोध जनाएका थिए । तर मेयर उम्मेदवार सरवागीले यो आरोप झुट रहेको र परवानीपुरको सभा सकेर आफू सिधै त्यहाँ गएको बतँउ ।

कसले पैसा बाँढिरहेको छ भनेर सबलाई थाहा रहेकोभ न्दै उनले आजसम्म यस्तो धन्दामा आफ्नो पार्टीको कुनैपनि मानिस संलग्न नरहेको बताए । एउटा विवाहमा जम्मा भएका मानिसहरुले नबुझिकनै हो–हल्ला गर्न थालेका भन्दै उनले जसको घरमा आफू गएको हो उसलाई एकदमै दुःख भएको बताए ।

प्रतिक्रिया दिनुहोस