Latest News

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक, यस्ता छन् एजेण्डा

Nepalese Times April 22, 2022 (2 Year ago)    461 Views

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको बोलाएका छन् । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा शुक्रबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशन गरेको छ।

शुक्रबार बस्ने बैठकमा महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन र स्थानीय तह निर्वाचन सम्बन्धमा सन्दर्भमा छलफल हुनेछ ।

काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ । देउवाले पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर टिकट वितरणको तयारी थालेका हुन् ।

कांग्रेसको विधान अनुसार महानगरको टिकट बितरण गर्ने केन्द्रीय संसदीय समिति गठन नभएकाले कार्यसम्पादन समितिबाट उम्मेदवार टुंगो लगाउन लागिएको हो।

गत  चैत १५ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट सभापति शेरबहादुर देउवाले संसदीय समिति गठन गर्न खोजे पनि सहमति जुट्न सकेको थिएन।

समितिमा सञ्चारमन्त्री कार्की, गृहमन्त्री खाँण र केन्द्रीय सदस्य एनपी साउदलाई अटाउनै पर्ने दबाबमा देउवा छ्न्। ती अटाउँदा इतर समूहका नेता छुट्ने देखिएपछि समिति गठन हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस