Latest News

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोटः केहीको ज्यान गयो, थप विवरण आउन बाँकी

Nepalese Times April 21, 2022 (2 Year ago)    664 Views

काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । विष्फोट हुँदा अहिलेसम्म १ जनाको ज्यान गएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको हो । अहिलेसम्म ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । घटनामा परेर चार जना घाइते भएका छन्। त्यहाँ कार्यरत श्रमिकले अरु नरहेको बताएका छन्।

प्रहरी अहिलेसम्म प्लान्ट भित्र जान सकेको छैन। ‘अहिले भित्र जान सकिने अवस्थान छैन। भित्र अरु छैनन् भनेका छन्। घाइतेलाई अस्पताल पठाइएको छ’, एक प्रहरी अधिकारीले बताए । घाइते मध्ये तीन जनालाई पाटन अस्पताल र एक जनालाई बीएण्डसी अस्पताल लगिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

क्सिजन प्लान्ट एक प्रकारको कन्सन्ट्रेटर जस्तै हो । यसले पनि वातावरणमा भएको हावाबाट नै अक्सिजन निकाल्ने गर्छ । यसबाट तरल र ग्यास अवस्थाको दुवै अक्सिजन निकाल्न सकिन्छ । वातावरणमा लिएको हावाबाट नाइट्रोजनलाई छुट्टाउने,त्यसपछि अनि अन्य ग्यासहरुलाई हटाएर शुद्ध अक्सिजनलाई कम्प्रेस गरेर अक्सिजन उत्पादन गरिन्छ ।

कम्प्रेस गरिएको अक्सिजनलाई सिलिन्डरमा भरिन्छ । यसको शुद्धता ९९ प्रतिशत हुने उनले बताए । प्लान्ट पनि लिक्विड र नर्मल गरी दुई खालको हुने उनले बताए ।

प्राण वायुका रुपमा रहेको अक्सिजन जैविक प्राणीलाई नभई नहुने एक महत्वपूर्ण ग्यास हो ।श्वासप्रश्वास प्रणालीमा मुख्य भूमिका यसैको हुन्छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०की हेड अफ क्लिनकल केयर डा।ज्यानेट डियाज भन्छिन्,‘शरीरका कोषहरुको सञ्‍चालनका लागि अक्सिजन नभई नहुने चिज हो ।

शरीरको सामान्य कार्य सञ्चालनका लागि यो महत्वपूर्ण छ । अक्सिजन अभावमा शरीरका कोषिकाहरुले काम गर्न छाड्ने र मर्ने गर्छन् । अर्थात् शरीरका हरेक अंग र भागहरुलाई काम गर्नका लागि अक्सिजन चाहिन्छ । अक्सिजन अभावमा शरीरले काम गर्न छाड्छ ।

बेलायतस्थित युनिभर्सिटी अस्पताल बर्मिघंमको इमरजेन्सी मेडिसिनमा कार्यरत डा।राज झाका अनुसार एउटा स्वास्थ्य मानिसलाई सामान्य अवस्था अक्सिजनको मात्रा न्यूनतम ९४ प्रतिशत हुनुपर्छ ।

दमका बिरामी तथा अन्य रोगीहरुका लागि ८८ देखि ९२ प्रतिशत हुने उनी बताउँछन् । उनका अनुसार एउटा वयष्क मानिसले हरेक एक मिनेटमा ७ देखि ८ लिटर हावा लिन्छ । लिएको हावामा करिब २१ प्रतिशत मात्रै शुद्ध अक्सिजन हुने उनले बताए । सरदर एक स्वस्थ्य मानिसलाई दैनिक ५ सयभन्दा बढी लिटर शुद्ध अक्सिजन चाहिने उनी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस