Latest News

पोखराका नेतालाई देउवाले बालुवाटार बोलाएर के भनेर फकाए ?

Nepalese Times April 19, 2022 (2 Year ago)    580 Views

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गण्डकी प्रदेशका नेताहरुलाई पोखरा महानगरपालिकाको बाध्यता बुझिदिन आग्रह गरेका छन्।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वसभापतिसमेत रहेका पूर्वमन्त्री यज्ञबहादुर थापासँग उनले बाध्यता पोखराको बुझिदिन आग्रह गरेका हुन्। छलफलका क्रममा सभापति देउवाले पोखरा महानगरपालिकाबारे गठबन्धन बैठकमा कुरा राख्ने पनि नेताहरुलाई आश्वासन दिएका छन्।

‘पोखरा महानगरपालिकाको हकमा हाम्रो कुरा राख्छु भन्नु भएको छ,’ बालुवाटारमा भएको छलफलमा सहभागी पूर्वमन्त्री थापाले भने, ‘प्रधानमन्त्रीले केही बाध्यता छ बुझिदिनु भन्नुभयो।’

उनले आफूहरुले पोखरा महानगरको वस्तुस्थितिबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएको पनि बताएका छन्।

‘पोखराको वस्तुस्थिति बतायौँ,’ उनले भने, ‘कांग्रेस एक्लै ६५ हजारभन्दा धेरै मत ल्याउँछ। किन अरुलाई दिनु भनेर तथ्य, तथ्यांक दिएर वस्तुस्थिति राख्यौँ।’ पाँच दलीय गठबन्धनबाट पोखरा महानगरपालिका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई दिने तयारी छ।

तर त्यहाँ कांग्रेसको स्थानीय कमिटीले आफूहरुले नै पाउनुपर्ने अडान राखिरहेका छन्। कांग्रेसले मेयर-उपमेयरका दाबेदारको नाम केन्द्रमा सिफारिस गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस