Latest News

यी दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश

Nepalese Times April 19, 2022 (2 Year ago)    391 Views

डोल्पाका दुई जना गाउँपालिका अध्यक्षले नेकपा एमाले छाडेका छन्।

०७४ मा एमालेबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा निर्वाचित अंगतकुमार राना र सेनाङ गुरूङले पार्टी छाडेका हुन्।

काईके गाउँपालिका अध्यक्ष राना र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष गुरूङ्क माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन्।

राना एमाले कर्णाली प्रदेश कमिटी सदस्य पनि थिए।

हेर्नुस् विज्ञप्ति:


नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोक चन्दसहित ५ वटा वडाका अध्यक्षह नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

चन्दसहित ५ वटा वडाका अध्यक्षहरूलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन्।

एमाले विभाजन भएपछि पनि पार्टी नछाडेका चन्द कांग्रेस र माओवादीसहितको गठबन्धन बनेपछि समाजवादीतिर लागेका हुन्। एमालेमा रहँदा चुनाव जित्ने अवस्था नभएपछि चन्दले चुनावको मुखमा पार्टी फेरे समाजवादीमा प्रवेश गरेका हुन्।

उनी यसअघि पुसमा भएको एमाले जिल्ला अधिवेशनमा पराजित भएका थिए। उनी त्यसबेला एमाले जिल्ला सचिवमा उठेका थिए। तर उनी पल्लवराज भट्टसँग पराजित भएका थिए। माधव नेपाल एमालेमै चन्द उनीनिकट थिए।

एमाले छाडेर समाजवादी प्रवेश गर्नेमा नगरप्रमुख चन्द, वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका भास्कर भट्ट, वडानम्बर ७ का वीरबहादुर डगौरा, वडा नम्बर ८ का दुर्गासिंह भण्डारी र वडा नम्बर १० नम्बरका अध्यक्ष केशव रावल छ।

प्रतिक्रिया दिनुहोस