Latest News

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, कसरी दिने आवेदन ? (सूचनासहित)

Nepalese Times March 28, 2022 (2 Year ago)    1273 Views

काठमाडौं । दक्षिण कोरियाको रोजगारीमा जानेहरुको लागि भाषा परीक्षामा सामेल हुन आवेदन खुलेको छ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाको रोजगारीमा जानको लागि आजदेखि आवेदन खुलेको हो ।

सन् २०२२–२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भएको छ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछन् ।

कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै परीक्षा हुने गरी तालिका सार्वजनिक भएको छ । कृषि तथा पशुपालन क्षेत्रको लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।

यस्तै, उत्पादन क्षेत्रको लागि पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म भाषा परीक्षा हुने ईपीएस शाखाले जनाएको छ ।

आवेदन चैत २१ गतेसम्म दिन सकिने ईपीएस शाखा ग्वार्को, ललितपुरले जनाएको छ । ईपीएस शाखाले भाषा परीक्षा आवेदन दिनेबारे गएको फागुन ३० गते नै सूचना प्रकाशित गरेको थियो ।

सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म र दोस्रो चरणमा जेठ २४ गतेदेखि असार १६ गतेसम्म मिति तोकिएको छ ।

उत्पादन क्षेत्रको सिप परीक्षण पहिलो चरणमा असार २० गतेदेखि भदौ १० गते सम्म र दोस्रो चरणमा भदौ १६ गतेदेखि असोज २० गतेसम्म हुनेछ । १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

======

=============

=============

प्रतिक्रिया दिनुहोस