Latest News

ज्वालामूखी गाउँपालिका भ्रष्टाचारी उत्पादन गर्ने कारखाना बन्यो, कडा प्रतिवाद गरौँ– एमाले

Nepalese Times May 3, 2025 (1 Month ago)    1482 Views

काठमाडौं । ज्वालामूखी गाउँपालिकामा भएको भनिएको बेथिति र अनियमितताबारे नेकपा एमालेले पनि मुख खोलेको छ । पालिकाको नेतृत्व तहबाट गाउँपालिकालाई बेथिति र भ्रष्टाचारी उत्पादन गर्ने कारखाना बनाईएको एमालेको ठहर छ ।

 एमालेका गाउँ पार्टी कमिटिका अध्यक्ष गंग बहादुर अधिकारी (ध्रुव) ले विज्ञप्ति निकालेर भ्रष्टाचार घरघरमै पुगिसकेकोले कडा प्रतिवादमा उत्रन आग्रहसमेत गरेका छन् । ज्वालामूखीको शासकहरुको गतिविधिबाट संघियता र गणतन्त्रमाथि नै खतरा देखिएको, जनताले लडेर ल्याएको संघिय गणतन्त्रलाई लुटतन्त्र बनाईएको अध्यक्ष अधिकारीले विज्ञप्तिमार्फत भनेका छन् ।

नेप्लिज टाइम्सले प्रकाशित गरेका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै अधिकारीले समाचार प्रकाशितपछिको परिदृश्य हेर्दा गाउँपालिका नेतृत्वको दम्भ, घमण्ड, अहंकार थप छरपष्ट भएको बताएका छन् ।

खानेपानी बोर्डमा राम्राभन्दा हाम्रा कार्यकर्ता भर्ना गरिएको, स्वास्थ्य कर्मचारी जनताको सेवाभन्दा नेपाली कांग्रेसको झन्डा बोक्न व्यस्त रहेको, शिक्षा ऐन संघिय ऐनसँग बाझिएको, शिक्षा ऐन लागु नगरिएकालगायत, शैक्षिक क्षेत्रमा चरम अनियमितता भएको, सडक मर्मत संभारमा चरम भ्रष्टाचार भएको, डोजरले सडक मर्मत संभारभन्दा पनि दौडिएको मात्रै देखिएको, कृषि अनुदान झोले फर्म, झोलेि कम्पनी, झोले समूह लक्षित काम गरेको एमालेले आरोप भनेको छ ।

प्रशासनिक बेथितिलाई विज्ञप्तिमा समेट्नै नसकिनेगरी भइरहेको, कोठामा बसेर योजनाहरु बनाउने, पारित गर्ने, कोठामा नै समिति बनाउने, कोठामा नै फछ्यौट गर्ने गतिविधिहरु देखिएकोले यसको कडा रुपमा प्रतिवाद गर्नुपर्ने भन्दै नेकपा एमालेले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार

समाजवादी प्रेसका केन्द्रीय नेताले पनि बुझे ज्वालामूखीको कृषि अनुदान, महालेखाले उठायो प्रश्न

ज्वालामूखीमा बेथितिः कांग्रेसको पालिका सभापतिलाई १६ लाख कृषि अनुदान ! (प्रमाणसहित)

ज्वालामूखीले लुकाएको अर्को प्रमाण: कम्प्युटरको ‘सामान्य भाइरस’ हटाउँदा पनि लाखौँ अनियमित ?

ज्वालामूखी गाउँपालिकामा १८ लाख रुपैयाँ अनियमितता, कसको खल्तीमा कति ? (विवरणसहित)

ज्वालामुखीमा सरकारी मोटरसाईकलको दुरुपयोग, घाईते नाबालक अस्पतालमा, चालकलाई उन्मुक्ति

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

ज्वालामूखीमा अध्यक्षसहितको गतिविधि अवान्छित देखियो, तत्काल छानविन गरियोस – माओवादी

प्रतिक्रिया दिनुहोस