Latest News

अमेरिका र युक्रेनबीच खनिज सम्झौता

Nepalese Times May 1, 2025 (2 Week ago)    74 Views

वाशिंटन – अमेरिकाले युक्रेनसँग खनिज सम्झौता गरेको छ। लामो समयको उतार चढावपछि भएको यो सम्झौताले युक्रेनको दुलर्भ खनिजमा अमेरिकी पहुँच पुगेको छ।

अमेरिकाको अर्थ मन्त्रालयबाट सार्वजनिक विज्ञप्तिमा दुई देश बीचमा ‘रि कन्स्ट्रक्सन इन्भेस्टमेन्ट फन्ड’ गठन भएको छ। केही मिनेट अघि दुवै पक्ष मिलेर सहमतिमा केही संशोधन गरेपछि यो बाटो अघि आएको हो।

वक्तव्यमा जनाइए अनुसार किभको पुनः सुधारका लागि दुई पक्षीय समझदारी, दुवै पक्षको प्रतिभा र क्षमताको उपयोग गर्ने चाहना भएको उल्लेख छ।

ब्रुअरी महिनामा नै खनिज सम्झौता तय भए पनि यी अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचको तनावको वातावरणले स्थगित भएको थियो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस