Latest News

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

Nepalese Times April 24, 2025 (16 Hour ago)    240 Views

काठमाडौं । धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका स्थायी घर भएका  टेकमान शाक्यले गाउँपालिकासँग २०८१ साल फागुन २० गते सूचना माग गरेका थिए । तर गाउँपालिकाले बेरुजू देखिएको बहाना बनाएर सूचना दिएको थिएन ।

माग गरेको सूचाना गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुरेश थापा र सूचना अधिकारी अनिता छत्कुलीले उपलब्ध नगराएको भन्दै शाक्यले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन निवेदन दिएका थिए । त्यहि पुनरावेदन पत्रमाथि आयोगले ज्वालामूखी गाउँपालिकासँग लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश प्रसाद आचार्य र सूचना आयूक्त दुर्गा भण्डारी पौडेलबाट जारी भएको आदेश अनुसार ज्वालामूखी गाउँपालिकाले ७ दिनभित्र सूचना उपलब्ध गराउनू भन्ने आदेश दिन नपर्नाको कारण भए सोको आधार र प्रमाणसहित लिखित जवाफ पेस गर्नुपर्नेछ ।

यस्तो छ आयोगले दिएको आदेश

प्रतिक्रिया दिनुहोस