Latest News

नारायणहिटी बिक्रि गर्छु भनेर राजा महेन्द्रले ९ करोड बुझेको खुलासा (भिडिओसहित)

Nepalese Times April 18, 2025 (19 Hour ago)    144 Views

काठमाडौं । राजा महेन्द्रले नारायणहिटी राजदरबार राज्यको नाममा गरिदिने बहाना बनाएर राज्यकोषबाट ९ करोड रुपैयाँ बुझेको खुलेको छ । पञ्चायत कालको समयमा २०२६ सालमा राजा महेन्द्रले राज्यसँग ९ करोड रुपैयाँ बुझे । तर उनले पछि नारायणहिटी भने राज्यलाई दिएनन् । उनका छोराहरु राजा वीरेन्द्र र ज्ञानेन्द्रलेसमेत नारायणहिटी राज्यलाई हस्तान्तरण गरेनन् ।

२०६३ सालमा प्रतिनिधिसभा, प्राकृतिक स्रोत र साधन समितिले राजा र राजपरिवारका नाममा देशका कुनै पनि ठाउँमा रहेको जग्गाजमिन र दरबारहरूको विवरणहरुबारे आवश्यक अनुसन्धान गर्न एक उपसमिति गठन गरेको थियो ।

सुभास कर्मचार्यको संयोजकत्वमा गठन भएको उपसमितिले राजा महेन्द्रले राज्यसँग ९ करोड रुपैयाँ बुझेर पछि नारायणहिटी हस्तान्तरण नगरेर राज्यलाई धोका दिएको खुलासा गरिदिएको हो । त्यतिबेला यो समितिले यसमाथि आवश्यक अनुसन्धान गर्न सुझावसमेत पेश गरेको थियो । संसदीय समितिले अनुसन्धान गर्न भनेपनि यसमाथि अहिलेसम्म अनुसन्धान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस