काठमाडौं । महामन्त्री डा. धवलशमशेर जबरालाई कारबाही गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तयारी गरेको छ । उनलाई तत्काल कारबाही गर्नुपर्ने मत बलियो बनेको छ । तर, यसका लागि राप्रपाले पूर्वराजा ज्ञानेन्द्र शाहको ग्रिन सिग्नल पर्खेर बसिरहेको छ ।
भ्रष्टाचार र फौजदारी अभियोगमा पक्राउ परेकालाई कारबाही गर्ने अभ्यास छ । यो कुनै पनि पार्टीको राजनीतिक जीवनमा हुनुपर्ने विषय पनि हो । तर धवललाई कारबाही गर्नुअघि निर्मल निवासको जवाफ कुरेर बसेको राप्रपाका एक नेताले बताएका छन् । राजावादीको आान्दोलन हिंसात्मक भएपछि उक्त आन्दोलनमा संलग्न रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा सहितका नेताहरू पक्राउ परेका छन् ।