Latest News

एन.आर. क्याम्पसको स्ववियू सभापतिमा अनेरास्ववियूका निरोज श्रेष्ठको उम्मेदवारी

Nepalese Times March 16, 2025 (5 Hour ago)    160 Views

काठमाडौं । एनआर क्याम्पसको स्ववियू सभापतिका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को तर्फबाट निरोज श्रेष्ठले उम्मेदवारी दिएका छन् । चैत ५ गते हुने स्ववियु चुनावका लागि उनले सभापति पदमा उम्मेदवारी दिएका हुन् ।

विद्यार्थी अधिकारको सुनिश्चितताका लागि आफूले क्याम्पसको स्ववियू सभापतिमा उम्मेदवारी दिएको श्रेष्ठ बताउँछन् । उम्मेदवारी दिँदै उनले क्याम्पस प्रशासनबाट विद्यार्थीहरुले विभिन्न किसिमका ज्यादतीहरु हुँदै आईरहेको स्मरण गराउँदै विद्यार्थीको हकहितका लागि लड्नकै लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

विद्यार्थीको हक अधिकारको रक्षा गर्ने, शैक्षिक सुधार र परदर्शितामा जोड दिनेलगाय मुद्दासहित उनले क्याम्पसको स्ववियू सभापतिमा उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस