Latest News

भारतमा नेपाली छात्रा मृत्युको विषयमा सांसदले संसदमा उठाए प्रश्न

Nepalese Times February 18, 2025 (3 Day ago)    22 Views

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको सम्बन्धमा सांसदहरूले जोडदार रूपमा आवाज उठाएका छन् । रुपन्देहीकी लम्सालको ओडियास्थित केआईआईटी कलेजमा मृत्यु भएको थियो ।

उक्त घटनापछि कलेज प्रशासनले थप नेपालीहरूलाई दुर्व्यवहार गरेको तथा कलेजबाट बाहिर निकालेको विषयको विरोध भइरहेको छ । आकस्मिक समयमा ९ सांसदले धारणा राखेकामा प्रभु साह र डा। तोसिमा कार्की बाहेकले लम्सालको मृत्युबारे कुरा उठाएका हुन् ।

सांसदहरु ठाकुर गैह्रे, मनिष झा, ध्रुवबहादुर प्रधान, माधव सापकोटा, छविलाल विश्वकर्माले लम्सालको मृत्युबारे कुरा उठाए । उनीहरूले क्याम्पसका प्रशासकहरूको नेपालीप्रति बोलिएको भाषा र व्यवहार आपत्तिजन्य भएको र नेपाल र नेपालीप्रति गरिनुपर्ने न्यूनतम व्यवहार पनि नदेखाएका बताए ।

सांसद माधव सापकोटाले लम्सालको मृत्युसम्बन्धी घटनाको न्यायोचित छानबिनको माग गरे । उनले यसबारे आन्दोलन गरेका विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनले अमानवीय व्यवहार गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस