Latest News

वातावरण संरक्षणका लागि सामुदायिक रेडियोसँग सहकार्य गर्ने वन मन्त्रीको प्रतिबद्धता

Nepalese Times February 14, 2025 (6 Day ago)    40 Views

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर ठकुरीले जलवायु परिवर्तनको असरबाट बचाउनका लागि सामुदायिक रेडियोले सूचनाका माध्यमबाट गरेको काम प्रशंसा गर्न लायक भएको बताएका छन् । १४ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले विभिन्न सरोकारवाला निकायको सहकार्यमा आज ललितपुरमा गरेको कार्यक्रममा मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।

नेपालको सन्दर्भमा सामुदायिक रेडियोले सूचनाको हक पूरा गर्न मात्रै नभएर सकारात्मक सामाजिक रुपान्तरणका लागि विचार निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेको उनले बताए । जलवायु परिवर्तनको असर कम गर्नका लागि सबैभन्दा पहिले सामुदायिक रेडियोको क्षमता विकास महत्वपूर्ण भएको बताए । त्यसका लागि आफ्नो मन्त्रालय सकारात्मक भएको बताउँदै वातावरण संरक्षणका लागि सूचना प्रवाह गर्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक रुपान्तरण, भाषिक विभिदताको संरक्षणमा पनि रेडियोको भूमिका महत्वपूर्ण रहेको धारणा राखिन् । रेडियोको भविष्यको बारेमा चिन्ता व्यक्त गर्दै सुधारिएको रेडियो, प्रविधिमा आधारित र नागरिकको सहभागिता नै रेडियोको दिगोपनाको विकल्प रहेको उनको भनाइ थियो ।

जलवायु परिवर्तनका कारण प्राकृति स्रोतमा निर्भर सीमान्तकृत समुदायको दैनिकी जटिल भएको भन्दै रेडियोले नागरिकको व्यवहार, आनिबानी परिवर्तनका लागि सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड दिइन् । आगामी दिनमा पनि जलवायु परिवर्तनका कारण पर्ने प्रभावका बारेमा निरन्तर सूचना दिइनुपर्ने धारणा राखिन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले जलवायु परिवर्तनले पारेको असर जानकारी पाउनुपर्ने सर्वसाधारणको अधिकार रहेको बताए ।
उनले डिजिटल माध्यमको बिगबिगी बढिरहेको अवस्थामा पुरानै स्वरुपमा पनि रेडियोको भूमिका उत्तिक्कै महत्वपूर्ण रहेको बताउँदै डढेलो, बाढी, पहिरोलगायत प्राकृतिक विपदका समयमा सबैभन्दा सशक्त माध्यम सामुदायिक रेडियो रहेको बताए । जलवायु परिवर्तन विरुद्धको अभियानमा रेडियाको भूमिका सरकारले बुझ्नुपर्ने र भरपुर प्रयोग गर्नुपर्ने अध्यक्ष गिरीले बताए ।

जलवायु परिवर्तनबाट बच्न अपनाउनुपर्ने सावधानी रेडियोको प्रयोग गरि गर्नुपर्ने उनको भनाइ थियो । तीन तहको सरकार भइरहँदा नीतिगत झमेला झेलिरहेको र यसले अभियानमा निरुत्साहीत गरेको पनि उनले गुनासो गरे ।

कार्यक्रममा बोल्दै व्यावसायिक रेडियो सञ्चालकहरूको छाता संस्था (बान) अध्यक्ष कुमार भट्टराईले सूचना प्रवाह गर्न सरकारी, निजी, सामुदायिक गरि तीनै थरिका रेडियोहरु अग्रसर रहेको बताए । रेडियोलाई २ सय वर्षदेखि विश्वास रहेको स्मरण गर्दै आगामी २ सय वर्षसम्म पनि कायम रहने उनले बताए । नेपालमा विभिन्न भाषभाषीको बसोबास रहेको उल्लेख गर्दै उहाँले एआई प्रविधिको प्रयोग गरि सबै भाषामा कार्यक्रम सञ्चालन गर्न सकिनेमा जोड दिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले सीमान्तकृत समुदायलाई सूचना पुर्याउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा गैरसरकारी संस्था महासङ्का अध्यक्ष रामप्रसाद सुवेदीले सामुदायिक रेडियोसँग एकदमै ठूलो शक्ति रहेको बताउँदै रेडियोले प्रवाह गरेको सूचनाका कारण कैयाँै नागरिकको जीवन जोगिएको बताए । जलवायुमैत्री नीति बनाउन बहस चलाउँदै सरकारको ध्यानकर्षण गराउने काम सामुदायिक रेडियोले गर्न सक्ने उनले बताए ।

नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले रेडियो ज्येष्ठ नागरिक सबैभन्दा नजिकको साथी रहेको उल्लेख गर्दै रेडियोको महत्व अझै यथावत रहेको बताए ।
अध्यक्ष ढुङ्गानाले सामुमदायिक रेडियोसँग आपूm सहकार्य गर्न तयार रहेकोसमेत बताए । जलवायु परिवर्तनको असर नेपालले प्रत्यक्ष भोगिरहेको भन्दै उहाँले स्थानीयकरण नगर्दासम्म समस्याको समाधान नहुने बताए ।

७ सय ६१ वटा सरकारले नीतिमा समेट्दै बजेट विनियोजन गर्नुपर्ने भन्दै उनले विदेशीको भर परेर मात्रै जलवायु परिवर्तनको असर कम गर्न नसकिने उल्लेख गर्दै यसमा नेपाल सरकार आफै लागिपर्नुपर्ने बताए ।

त्रिवि पत्रकारिता केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले रेडियो बन्द हुने क्रम बढ्न थालेको उल्ल्ेख गर्दै यो सोचनीय विषय रहेको बताए । डा. अर्यालले केही महिना अघि त्रिवि भुगोल विभागले जलवायु परिवर्तनसँग सम्बन्धित रहेर नेपालसहित ४ वटा देशमा गरेको अध्ययनले स्रोताको हिसाबले नेपाल अगाडी रहे पनि निर्भरताका हिसाबले भने निकै कम रहेको पाइएको बताए ।

प्रेस रजिष्टार कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती रमण सापकोटाले कोभिडपछि सामुदायिक रेडियोलाई आर्थिक समस्या बढ्दै गएको बताए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सही सूचनाका लागि रेडियो नै रहेको भन्ने आम मानिसको बुझाइ रहेको बताइन् । उनले रेडियामा कार्यरत पत्रकारले नै आवाजविहीनको आवाज ल्याउने काम गरे पनि अझै पनि हेयको दृष्टिकोणले हेर्ने गरेको बताइन् ।

अकोरावका पूर्व अध्यक्ष सुवास खतिवडाले विपद पूर्व र विपदपछि रेडियोको भूमिका उत्तिक्कै महत्वपूर्ण रहेको बताउनुभयो । समुदायको जीवन रक्षाका लागि रेडियोले गर्न सक्ने कामको जिम्मेवारी पूरा गर्न लागिपर्नुपर्ने बताए ।

अकोरावका पूर्व अध्यक्ष मीनबहादुर शाहीले शुभकामना व्यक्त गर्दै समुदायमा विचार निर्माण गर्न पनि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताए । जलवायु अनुकुलन कार्यक्र गर्न स्थानीय तहसँग समन्वय गर्न सकिन उनले बताए ।

अकोरावका संस्थापक अध्यक्ष रघु मैनालीले, प्रविधिको विकास भईरहे पनि र नयाँ नयाँ माध्यमहरु आईरहे पनि रेडियोको सान्दर्भिकता नघटेको बताए । कुनै समय रेडियो बचाउ आन्दोलन गर्नु परेको सम्झँदै मैनालीले आजको दिनमा सामुदायिक रेडियोलाई बचाउन पुन अर्को आन्दोलन गर्नु पर्ने आवश्यता रहेको बताए ।
रेडियो नियमनका लागि भन्दै स्थानीय सरकारले कानुन बनाउने अबस्था सिर्जना हुनु सामुदायिक रेडियोका लागि बिडम्बना बनेको उनको भनाइ छ ।

सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा. महेन्द्र बिष्टले स्थानीय ज्ञान र सहभागिता अघि बढाउँदै जलवायु परिवर्तनको असर अनुकुलनका कार्यक्रम गर्नुपर्ने बताए ।

मौसम परिवर्तनका कारण पर्ने प्रभाव कम गर्न रेडियोसँग सहकार्य बढाउने प्रतिबद्धता
मौसममा भएको परिवर्तनका कारण पर्ने प्रभाव कम गर्नका लागि सरोकारवाला निकायले रेडियोसँगको सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन् । १४ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले विभिन्न निकायसँगको सहकार्यमा आज ललितपुरमा गरेको विशेष कार्यक्रममा उनीहरूले रेडियो अझैँ पनि सूचनाको भरपर्दो माध्यम भएको बताएका हुन् ।

दिवसको अवसरमा गरिएको ‘नागरिक सहभागिता र सञ्चार’, ‘मौसमको प्रभावकारी सूचना प्रवाहमा सञ्चारमाध्यम’, ‘विपद् पूर्व सूचना र प्रतिकार्यमा सञ्चार माध्यम’ विषयक छलफल गरिएको छ । कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले ७ सय ५३ वटै पालिकासम्म मौसम पूर्वानुमानको सूचना पु¥याउने व्यवस्था गरेको जानकारी दिँदै सूचनाको यो अभियानमा नेपालका सामुदायिक रेडियोसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

क्षति न्यूनीकरणका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भिष्मकुमार भुसालले विपद्को पूर्व तयारी र सामना गर्नका लागि नेपालका सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताए ।

जलवायु तथा विपद् विज्ञ डा धरमराज उप्रेतीले कति पानी कहाँ पर्छ भन्ने पूर्वानुमान हिजोआज भरपर्दाे भएको उल्लेख गर्दै सामुदायिक रेडियोले आधिकारिक सूचना प्रवाहका लागि सजगता अपनाउनुपर्ने सुझाव दिए ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुशुमदेवी थापाले हावापनीमा आएको परिवर्तनका कारण परेको प्रभाव कम गर्ने गरी काम थाल्न सरोकारवाला निकायलाई निर्देशन दिँदै आएको सम्झँदै आगामी दिनमा सरकारलाई आवश्यक ऐन्, कानुन निर्माणका लागि ताकेता गर्ने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया दिनुहोस