Latest News

अभियन्ताले बुझाए दुई बोरा नागरिकताको फोटोकपि, गृहमन्त्रीलाई कारबाहीको माग

Nepalese Times February 13, 2025 (9 Month ago)    403 Views

काठमाडौं । अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीलाई छुटाउन र फसाउन गृह प्रशासनबाटै भएको अत्याचारविरुद्ध आन्दोलनरत अभियन्ताहरुले जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि बुझाएका छन्।

‘दलितका लागि दलित’ अभियानका अभियन्ता खगेन्द्र सुनारसहितको टोलीले बिहीबार दुई बोरा नागरिकताका फोटोकपी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएका हुन्।

गृहमन्त्री रमेश लेखकले दलित हिंसा गरेको भन्दै उनिमाथि कारबाहीको माग गर्दै अभियन्ताहरूले प्रतिकात्मक आन्दोलन गरेका हुन्। घुम्न मुम्बई गएका सत्येन्द्र र नेहालाई पक्राउ गर्न प्रहरीले विशेष टोली नै पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस