Latest News

५४ लाखको बैंक ग्यारेन्टी बुझाएर रवि लामिछाने हिरासतमुक्त

Nepalese Times February 6, 2025 (3 Hour ago)    7 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् । जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका हुन् । रविले अदालतबाट निस्किँदै सम्मानित अदालतले न्याय दिन्छ भन्नेमा विश्वास रहेको बताए । यो परिवर्तनको प्रसवपिडा भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस