Latest News

सरकारी वकिल र रवि लामिछाने दुबैले गुहारे उच्च अदालत

Nepalese Times January 27, 2025 (8 Month ago)    372 Views

काठमाडौं । जिल्ला अदालत कास्कीको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन्। आइतबार जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा छाड्ने आदेश भएसँगै सोमबार उनी उच्च अदालत पोखरा पुगेका हुन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलाई छाड्न आदेश दिएको थियो। धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ।

प्रतिक्रिया दिनुहोस