Latest News

को हुन् पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपिट गर्ने ?

Nepalese Times January 19, 2025 (6 Month ago)    183 Views

काठमाडौं । झापामा कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ। प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापामाथि एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेको प्रहरीले जनाएको छ।

बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको प्रहरीको भनाई छ। कुटपिटबाट थापा घाइते भएका छन्। उनको आँखामा चोट लागेको छ। थापा बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस