काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले सभापति रवि लामिछाने हिरासतमा पठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उत्तेजक नाराबाजी गरेका छन्। थुनछेक बहस नसकिएपछि न्यायाधीशले प्रहरी हिरासतमा पठाउने आदेश दिएपछि रास्वपा समर्थकले काठमाडौं जिल्ला अदालत बाहिर प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।