काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबार काण्डबारे मुख खोलेका छन् । उनले जग्गा कानुनविपरीत उपभोग भइरहेको छ भने सरकार मातहत ल्याउनुपर्ने बताएका छन् । सरकारले त्यो कदम चालेमा आफूले सहयोग गर्ने अध्यक्ष प्रचण्डले बताएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा दाहालले उक्त जग्गामा आफूलाई जोड्न आवश्यकता नरहेको बताए । सरकारकाले कानुन विपरीत उक्त जग्गा गएको भए मातहत ल्याउनुपर्ने धारणा राखे । आफू प्रधानमन्त्री रहेको बेला कानुन मिचेर भ्रष्टाचारमा संलग्न जो देखिए पनि कानुनको दायरामा ल्याउनुपर्ने विषय राखेको उनले बताए ।