Latest News

दक्षिण कोरियामा एयरपोर्टमै जहाज दुर्घटना, २८ जनाले ज्यान गुमाए

Nepalese Times December 29, 2024 (1 Year ago)    1031 Views

काठमाडौं । दक्षिण कोरियामा विमानस्थलमै जहाज दुर्घटना भएको छ। आइतबार थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा २८ जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ।

१७५ यात्रु र चालक दलका ६ सदस्य रहेको जहाज अवतरणका क्रममा धावनमार्ग चिप्लिएर पर्खालमा ठोक्किएको थियो। दुर्घटनाग्रस्त जहाजबाट दुई जनालाई जिवितै उद्धार गरिएको त्यहाँका अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। उद्धार कार्य चलिरहेका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस