Latest News

आज अमेरिकी डलरको भाउ कति ?

Nepalese Times December 14, 2024 (1 Year ago)    746 Views

काठमाडौ‌ं ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा छ।

शुक्रबार मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको भाउ आज केही घटेको हो। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा थियो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ९२ पैसा थियो।

प्रतिक्रिया दिनुहोस