Latest News

सैन्य शासन घोषणा गरेकोमा दक्षिण कोरियाका राष्ट्रपतिले मागे माफी

Nepalese Times December 7, 2024 (1 Year ago)    800 Views

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले ‘मार्शल ल’ लागु गरेकोमा माफी माग्दै पुन यस्तो कदम नचाल्ने वाचा गरेका छन्। मङ्गलवार राती उनले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्‌ले उल्ट्याइदिएको थियो। त्यसपछि उनले महाअभियोगको सामना गरिरहेका छन्।

राष्ट्रपतिको सम्बोधनपछि प्रतिक्रिया दिँदै सत्तारूढ पीपल्स पावर पार्टीका नेताले यूनले नियमित कामकाज जारी राख्न असम्भव रहेको बताए। त्यसअघि टेलिभिजन मार्फत् छोटो सम्बोधन गर्दै राष्ट्रपति यूनले माफी मागेका थिए। उनले भनेका छन्, ‘म एकदमै क्षमाप्रार्थी छु र स्तब्ध भएका जनताहरूसँग माफी माग्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस