काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलको घरको छतमा रहेको पानीट्यांकीमा पैसा लुकाएर राखेको काण्डबारे यथार्थ बुझ्नका लागि आजभन्दा २० वर्षअघि फर्कनुपर्ने हुन्छ । शेरबहादुर देउवा नेतृत्वको त्यो मन्त्रिमण्डलमा ईश्वर पोखरेल वाणिज्य तथा आपूर्तीमन्त्री बनेका थिए । तर तत्कालिन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाएर २०६१ साल माघ १९ गते आफैं सत्ता हातमा लिए ।
जुन समय बहालवाला प्रधानमन्त्री देउवादेखि वाणिज्य तथा आपूर्तीमन्त्री ईश्वर पोखरेलसमेत जेलभित्र परे । बाहिर भने ईश्वर पोखरेलको घरमा छापा हान्दा पानीट्यांकीमा पैसा भेटिएको खबरले सनसनी मच्चाईरहेको थियो । उसो भए ईश्वर पोखरेलको घरमा रहेको पानीट्यांकीमा पैसा भेटिएको काण्डको खास वास्तविकता के हो त ? हेर्नुहोस् भिडिओमा