Latest News

एमालेका ‘मानव तस्कर’ पूर्वमन्त्रीलाई २ दिन हिरासतमा राख्न अनुमति

Nepalese Times November 10, 2024 (2 Day ago)    31 Views

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा कोशी प्रदेशका सांसद लीलाबल्लभ अधिकारीलाई थुनामा राख्न अदालतले प्रहरीलाई दुई दिनको म्याद दिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताएका छन् ।

उनलाई प्रहरीले आइतबार विराटनगरस्थित घरबाटै पक्राउ गरेको हो । जापान जाने क्रममा तीनजना व्यक्तिलाई नक्कली परिचयपत्र बनाएर तस्करी गर्ने प्रयास गरेको अभियोग उनीमाथि छ ।

प्रतिक्रिया दिनुहोस