Latest News

अर्का यात्रुले पनि खोले उडिरहेको जहाजको इमर्जेन्सी ढोका

Nepalese Times October 10, 2024 (5 Day ago)    234 Views

काठमाडौं । केही सातायता यात्रुले उडान भरिरहेका वेला हवाइजहाजका इमर्जेन्सी डोर आपतकालीन ढोका खोलेका घटना सार्वजनिक भएका छन् । गत २ अक्टुबरका दिन विराटनगरबाट काठमाडौं, ७ अक्टुबरका दिनमा नेपालगन्जबाट काठमाडौं उडिरहेको विमानको आपतकालीन ढोका खोलेका थिए।

आज फेरि त्यस्तै घटना दोहोरिएको छ। विराटनगरबाट जनकपुर उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका छन्। यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरेर उडान तालिकालाई थप प्रभावित बनाएको छ। बिहान जनकपुर विमानस्थलको अनुकुल मौसम नहुँदा काठमाडौंबाट गएको जहाज विराटनगरमा अवतरण गरिएको थियो।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन्। आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्याउँछ।

बुध्द एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ। हवाइ उडानमा खलल पुर्याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन ऐन, २०१५) अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ । उडान सुरक्षामा अनाहक खलल पुर्याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस