Latest News

गाडी चढ्ने वित्तिकै उल्टी हुन्छ ? त्यसो भए यसो गर्नुहोस्

Nepalese Times October 6, 2024 (1 Week ago)    400 Views

काठमाडौं । धेरैलाई गाडीको यात्रामा वान्ता हुने समस्या हुन्छ। कसैलाई त गाडी चढ्नासाथ यो समस्या देखिन्छ। यसलाई मोसन सिकनेस भनिन्छ। कतिपयलाई त हवाई जहाजमा चढ्दा पनि उल्टी हुन्छ। वान्ता हुने कारणले नै धेरैले लामो यात्रा गर्न रुचाउँदैनन् पनि।

चिकित्सकहरूका अनुसार मोसन सिकनेस कुनै बिरामी होइन। शरीरको सेन्ट्रल नर्भस सिस्टम कन्फ्युज हुने कारणले गाडीको यात्रामा वान्ता हुने हो। शरीर त एक ठाउँमा स्थिर भएर बसेको हुन्छ। तर, गाडी गुड्दा शरीर हल्लिइरहेको पनि हुन्छ। त्यस्तो मा दिमागलाई कन्फ्युजिङ सिग्‍नल प्राप्त हुन्छ( शरीर स्थिर छ कि मुभमेन्ट गरिरहेको छ भन्‍ने।

शरीरको यकिन पोजिसनबारे दिमागले सूचना नपाउँदा मोसन सिकनेस हुने गर्छ। जस्तो( यात्राका दौरान आँखा अघिल्तिर सबै कुरा स्थिर देखिन्छन्। तर, झ्यालबाट बाहिर हेर्नासाथ सबै दौडिरहेको जस्तो देखिन्छ। शरीरको आन्तरिक भागहरूलाई लाग्छ तपाईं स्थिर बस्‍नुभएको छ। तर, आँखालाई लाग्छ शरीर मुभमेन्टमा छ। र, त्यसबाट दिमागलाई कन्फ्युजन हुन्छ र रिंगटा लाग्छ अनि वान्ता हुन थाल्छ।

२ देखि १३ वर्षका बालबालिकामा यो समस्या अधिक देखिन्छ। गर्भवती, माइग्रेन, एन्जाइटी, तनावको समस्या भोगिरहेका व्यक्तिहरूलाई पनि मोसन सिकनेस हुन्छ। यस्तै, अत्यधिक मदिरा र नसालु पदार्थको सेवन गर्नेहरू पनि यसको शिकार बन्छन्।

यस्तो समस्या रहेका व्यक्तिहरूले यात्राका दौरान किताब, मोबाइल र ट्याब्लेट टाढै राख्‍नुपर्छ। र, टाढाका वस्तु हेर्ने कोशिस गर्नुपर्छ। पेपरमिन्ट या अदुवा मिश्रित क्यान्डी खाँदा त्यसबाट राहत पाउन सकिन्छ।

मोसन सिकनेसका लक्षण
– रिंगटा लाग्‍नु
– वान्ता हुनु
– टाउको दुख्‍नु
– घबराहट महशुस हुनु
– मुखबाट र्‍याल चुहिनु

कसरी बच्‍ने ?
– यात्रा शुरु हुनु केही घण्टाअघि भोजन गरौं
– हेभी खाना खाएर यात्रा नगरौं
– खाली पेट पनि यात्रा नगरौं, जसबाट एसिड रिफ्लक्सको समस्या निम्तिन्छ।
– भोजन हल्का हुनुपर्छ, मसालेदार हुनु हुँदैन
– चिया र कफीबाट टाढै बसौं
– मदिरा सेवन र धुम्रपान नगरौं

कस्तो औषधि खाने, के नगर्ने ?

– यात्रा गर्नुअघि चिकित्सकको सल्लाह लिएर मोसन सिकनेसको औषधि खानूस्।
– आम रूपमा एभोमिन नामक औषधि खाने गरिन्छ। तर, चिकित्सकको सल्लाह लिएर मात्र औषधि खानुपर्छ।
– चिकित्सकले सल्लाह दिएको औषधिको एक चक्की यात्रा शुरु गर्नु १ घण्टाअघि खानूस्।
– उल्टी हुन्छ भने यात्राका दौरान बसको पछाडिको सिटमा नबस्‍नूस्।
– उल्टी हुन्छ भने कारमा पनि ड्राइभरको सिटसँगैको सिटमा बस्‍नूस्।
– गाडी गुडिरहेको विपरीत दिशातर्फ फर्केर नबस्‍नूस्।
– गाडी गुडिरहेको बेला मोबाइल , ल्यापटप या किताब हेर्ने र पढ्ने नगर्नूस्।
– गाडीभन्दा बाहिरको दृश्यमा रमाउने कोशिस गर्नूस्।

प्रतिक्रिया दिनुहोस