कुनै समय सहकारी ठगलाई कारबाही गर्नुपर्छ भन्दै संसदमै बबण्डर मच्चाउने स्वयं धनराज गुरुङले १५ करोड रुपैयाँ ठगी गरेको विषय सतहमा आएको छ । यो प्रकरणबाट बच्नकै लागि उपसभापति गुरुङले श्रीमती ज्योती गुरुङसँग देखावटी डिभोर्स गरेको विषयसमेत बाहिरिएको छ ।
धनराज गुरुङ त्यस्ता पात्र हुन्, जसले मरेको मान्छेको भोट पाएर चुनाव जितेको आरोप खेप्दै आईरहेका छन् । धनराज गुरुङ रातो पासपोर्ट काण्डमा मुछिएका पात्रसमेत हुन् । रातो पासपोर्ट दुरुपयोग गरेर मानव तस्करी गरेको अभियोगमा उनी पक्राउसमेत परेका थिए । मानव तस्करीदेखि ‘फेक डिभोर्स’ सम्मको नालीबेलीको एक भिडिओ रिपोर्ट