Latest News

क्यान्सरसँग जुधिरहेका कलाकार घनश्याम गौतम र राधिका हमालको तिजको गीत बजारमा

Nepalese Times September 4, 2024 (1 Week ago)    111 Views

काठमाडौँ – हरितालिका तिज नजिकै आइरहँदा तिजको गीत बजारमा ल्याउने होड बढिरहेका छ । यही अवसरमा एक बर्ष देखि क्यान्सर सँग लडिरहेका लोकप्रिय हाँस्य अभिनेता घनश्याम गौतम नक्कली प्रचण्डले पनि यसपालि तिजको गित ‘मै अभागी चेली खुशी छैन बरिलै’ बजारमा ल्याएका छन् । लोक तथा दोहोरी गायिका राधिका हमालसँग तिजको दोहोरी गीत गाएका गौतमको आफ्नै शब्द र लय संकलन रहेको गीतमा राजेश कुमार श्रेष्ठको संगीत संयोजन रहेको छ ।

थुप्रै प्यारोडी गीत गाइसकेका कलाकार गौतमको यो पहिलो तिज गीत हो । हरेक बर्ष कुनै न कुनै सिर्जना गरिरहने उनले एक वर्ष देखि बिरामी भएर निष्क्रिय जीवन बिताइरहेका थिए । अहिले पनि उनी भक्तपुर क्यान्सर अस्पतालमा किमो थेरापी र ईमोनोथेरापी चढाई रहेका छन् । जति दुख परे पनि दुख बिर्सिएर रमाउन सक्नु नै वास्तविक जिन्दगी रहेछ भन्ने उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस