Latest News

मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Nepalese Times August 31, 2024 (2 Week ago)    250 Views

काठमाडौँ । मनाङमा आज बिहान भूकम्प गएको छ । बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो । भूकम्पको गहिराई १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस