Latest News

टुँडिखेलमा ओली-देउवाविरूद्ध नारा लगाउने युवा ९ हजार धरौटीमा छुटे

Nepalese Times August 30, 2024 (2 Week ago)    150 Views

काठमाडौं । यही सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटीमा छुटेका छन् । ओली र देउवाविरुद्ध नाराबाजीमा संलग्न युवाहरूलाई प्रहरीले पक्राउ गरेर सरकारी वकिलको कार्यालयमार्फत अभद्र व्यवहारसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा लगेको थियो ।

उक्त मुद्दाको सुनुवाइ गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई धरौटीमा छाड्न आदेश दिएका हुन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी माधवप्रसाद ढुंगानाले नयाँ देवानी संहिताअनुसार आएको अभद्र व्यवहार मुद्दामा उनीहरू तीनैजनालाई जनही ९–९ हजार रुपैयाँ धरौटी मागिएको बताए । तीनैजनाले जनही ९ हजार धरौटी बुझाएपछि रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस