Latest News

प्रधानमन्त्री ओलीलाई लिएर धुलिखेल गएको हेलिकोप्टर बिग्रियो, कसरी फर्किए ?

Nepalese Times August 30, 2024 (1 Year ago)    530 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह पुर्‍याएको नेपाली सेनाको हेलिकप्टर बिग्रिएको छ। सेनाको हेलिकप्टर बिग्रेपछि प्रधानमन्त्री ओली अर्को हेलिकप्टर चढेर काठमाडौँ फर्किएका छन्।

प्रधानमन्त्री चढेर गएको अगस्टा हेलिकप्टरमा सामान्य प्राविधिक समस्या देखिएपछि प्रधानमन्त्रीको व्यस्तताका कारण अर्को हेलिकप्टर चढाएर फर्काएको पाली सेनाका प्रवक्ता सहायक रथि गौरवकुमार केसीले बताएका छन् । उनका अनुसार प्रधानमन्त्रीलाई लिएर सुरुमा गएको अगस्टा हेलिकप्टर पनि अहिले काठमाडौँ फर्किसकेको छ। प्रधानमन्त्री अर्को एमआई १७ हेलिकप्टर चढेर काठमाडौँ फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस