Latest News

ओली–देउवाको विरोधमा नाराबाजी गर्ने युवालाई मुद्दा, कति वर्षसम्म हुन्छ कैद सजाय ?

Nepalese Times August 29, 2024 (4 Month ago)    371 Views

काठमाडौं । तीन दिनअघि टुँडिखेलको कार्यक्रममा शीर्ष नेताहरूप्रति असन्तुष्टि जनाउँदै नाराबाजी गरेका कर्णाली र सुदूरपश्चिमका तीन युवा गृह मन्त्रालयको दबाबमा पक्राउ, सार्वजनिक शान्तिविरुद्धको मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

तीन दिनअघि टुँडिखेलको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ गरिएका तीन युवालाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ । गृह मन्त्रालयको निर्देशनमा उनीहरूलाई पक्राउ गरी प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको हो ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा एक वर्षसम्म कैद सजाय र १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । प्रहरीले हुलदंगा गरेको भनेर सो कसुर लगाएको हो । नेताहरूको कार्यशैलीको विषयलाई लिएर असन्तुष्टि पोखेकै आधारमा पक्राउ गरेर मुद्दा चलाइएको घटनालाई लिएर संसद्मा समेत प्रश्न उठेको छ । मानव अधिकारकर्मीहरूले समेत आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस