Latest News

मुकुललाई पार्टीबाट निकाल्नुअघि रास्वपाले अन्तिम पटक स्पष्टीकरण लिने

Nepalese Times August 21, 2024 (1 Year ago)    425 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निकाल्नुअघि अन्तिमपटक स्पष्टिकरण लिने भएको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले मुकुलसँग स्पष्टिकरण लिने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै रास्वपाले ढकाललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो। यसअघि केहिदिन अघि पनि रास्वपाले ढकाललाई स्पष्टिकरण सोधेको थियो।ढकालले पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएपछि पार्टीसँग ढकालको दुरी बढेको छ भने पार्टीले पनि ढकाललाई पार्टीबाट निकाल्ने तयारी गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस