Latest News

रमेश खरेलको ‘नक्कली सुराकी काण्ड’ के हो ? हेर्नुहोस् भिडिओमा

Nepalese Times August 19, 2024 (1 Month ago)    367 Views
काठमाडौं । पूर्व डीआईजी रमेश खरेलविरुद्ध नक्कली सुराकी खडा गरेर कमिशन खाएको आरोपमा अख्तियारमा उजुरी परेको छ । उनले आफ्नै श्रीमती रञ्जु खरेललाई नक्कली सुराकी बनाएर कमिशन बुझेका थिए, यो विषय स्वयं रमेश खरेलले पनि विभिन्न टेलिभिजन अन्तर्वार्ताका क्रममा स्वीकार गरिसकेका छन् । ०६८ साल कात्तिक २३ गते वीरगन्ज – १५ मा तस्करी गरेर ल्याईएको इन्डिका कारमा उनले आफ्नै श्रीमतीलाई नक्कली सुराकी खडा गरेर कमिशन बुझेका थिए ।
कुनै अवैध या तस्करीको सामानबारे सुराकी दिनेले कमिशन पाउने व्यवस्थाको फाइदा उठाएर बरामद भएको इन्डिका कारमा उनले मोटो रकम बुझेका थिए । यायेय घटनाको वास्तविकता भने अर्कै छ, त्यतिबेला प्रहरीले अपरेसन गरेर तस्करीको गाडी जफत गरेको थियो । तर कमिसन तत्कालीन पर्सा प्रहरी प्रमुख रमेश खरेलकी श्रीमती रञ्जु खरेलले बुझेकी थिइन् । त्यसअघि र पछि भन्सार छलेर ल्याइएका बोलेरो जिपलगायत सामान बरामद गर्दासमेत रञ्जु खरेललाई नक्कली सुराकी बनाएर रमेश खरेलले कमिशन बुझेको सरकारी तथ्यांकमै भेटिन्छ । एक रिपोर्ट 

प्रतिक्रिया दिनुहोस