काठमाडौं । चर्को आलोचना भएलगत्तै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज आठ राज्यमन्त्रीलाई हटाएका छन् । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएपछिको मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्री हटाएका हुन् । अब प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री रहनेछन् ।
साउन २० मा एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्री नियुक्त गरेको थियो । यसअघि नै एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त गरिएको थियो । उनीहरूलाई पनि हटाइएको छ ।