Latest News

सहकारीको रकम हिनामिना गरेको अभियोगमा पूर्वराजाको ज्वाइँसँग बयान लिइयो

Nepalese Times August 12, 2024 (4 Month ago)    171 Views

काठमाडौं । शभरका विभिन्न २९ वटा सहकारी संस्थाको बचत हिनामिना र दुरुपयोगबारे छानबनिका लागि गठित संसदीय छानबिन विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग बयान लिएको छ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा सभापतित्वको समितिले सहकारी संस्थाको बचत दुरुपयोगबारेमा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँसमेत रहेका सिंहसँग सिंहदरबारमा बयान लिएको हो ।

समस्याग्रस्त सहकारीका सञ्चालकहरूसँगको बयानको क्रममा समितिले सुमेरु बचत तथा ऋण सहकारीका सेयर सदस्य सिंहलाई बयानमा बोलाएको थयो। उनी केही समयअघि मात्रै उक्त सहकारी संस्थामा लगानीकर्ता (सेयर सदस्य) का रुपमा आवद्ध भएका हुन् ।

समितिलाई जवाफ दिने क्रममा शाहले निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था सुरु गरी विश्वासको वातावरण बनाउन लागेको बताएका छन् । उनले सहकारी संस्थालाई पुनःसञ्चालन गर्ने योजनासहित नयाँ सञ्चालक समूह भित्रिएको पनि जानकारी दिएका छन् ।

समितिका सभापति सांसद सूर्यबहादुर थापाले सहकारी संस्थाको बचत हिनामिना छानबिनका क्रममा सिंहको पनि नाम जोडिएकाले सोधपुछ गरिएको खबरहबलाई बताएका छन् । समिति सदस्यहरूले आइतबार मात्रै त्यही संस्थाका पूर्वअध्यक्ष हेमराज दाहाल, वर्तमान अध्यक्ष कृष्णप्रसाद कँडेल र सञ्चालक वीदेन्द्र महर्जनसँग पनि बयान लिएका थिए ।

प्रतिक्रिया दिनुहोस