Latest News

९ वर्षमै बिहे गर्न पाउने विवादास्पद कानुन संसदमा पेश

Nepalese Times August 9, 2024 (2 Month ago)    246 Views

काठमाडौं । विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ । यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन् । हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ । इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको विधेयकमा विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन रोज्ने अधिकार दिइएको छ ।

यसको महिला अधिकारकर्मीहरुले आलोचना गरेका छन् । यो कानुन पास भएमा ९ वर्ष पुगेका बालिका र १५ वर्ष उमेर पुगेका बालक विवाह गर्न योग्य हुनेछन् । यसले बालविवाह बढ्ने चिन्ता छ । साथै यसले किशोरीहरुको शिक्षा, स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने मानवअधिकारवादी संघ सस्थाको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस