Latest News

शेख हसिनाको टोली भारतबाट पनि भाग्दै, कहाँ जादै ?

Nepalese Times August 8, 2024 (1 Month ago)    266 Views

काठमाडौं  ।  बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् । आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहयोगीसहित भारतमा छन् ।

हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत छोड्ने तरखरमा रहेको स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय संचारमा्यमले जनाएको  छ । बंगलादेशको प्रतिष्ठित राजनीतिक परिवारका दुई बहिनीका सहयोगीको सङ्ख्या दुई अंकमा छ ।

उनीहरू भारत आउनुपूर्व भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अधिकारीहरूसँग निरन्तर सम्पर्कमा थिए । दिल्लीमा उनले नेतृ हसिनासहितको टोलीको व्यवस्थापन गराएका थिए ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको नव निर्वाचित अन्तरिम सरकारका सदस्यहरूले बिहिबार साँझ नै शपथ ग्रहण गर्ने बंगलादेश सेना प्रमुख जनरल वाकर-उज–जमानलेलाई उदृत गर्दै डेली स्टारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस