Latest News

सन्दीप र दिपेन्द्रको टोलीको पहिलो जीत, कसको योगदान कति ?

Nepalese Times August 5, 2024 (2 Month ago)    362 Views

काठमाडौं । ग्लोबल टी–२० क्यानडामा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको टोलीले सातौँ खेलमा पहिलो जित हात पारेका छ । आईतबार भएको खेलमा भ्यानकुभर नाइट्सले मोन्ट्रेयाल टाईगर्सलाई ५ विकेटले हराएको हो ।
११० रनको झिनो लक्ष भ्यानकुभरले ८ बल अगावै ५ विकेटको क्षतिमा पछ्यायो । भ्यानकुभरका लागि रिजा हेनड्रिक्सले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलको इनिङ्समा ४ चौका र २ छक्का हिर्काएका थिए । कप्तान उसमान ख्वाजाले ३१ रनको योगदान दिए भने रिची बेरिङटनले १७ रन जोडे ।
दीपेन्द्र ऐरी व्याटिङमा आए पनि रन जोड्नु अघि नै भ्यानकुभरले खेल जितेको थियो । यसअघि मोन्ट्रेयाल १९ दशमलव २ ओभरमा १०९ रनमा अलआउट भएको थियो । खेलमा प्लेअर अफ द म्याच घोसित मोहम्मद आमिरले ३ विकेट लिए । सन्दीपले ३ दशमल ३ ओभरको बलिङ गर्दै मात्रै १४ रन खर्चेर २ विकेट लिए ।
भ्यानकुभरका लागि ड्वेन प्रोटोरियस र हर्ष ठाकुरले पनि २–२ विकेट लिए । ७ खेलपछि ३ अंक बटुल्दै भ्याकुभर अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस