Latest News

पशुपति कोटिहोममा कुटिएका पत्रकारको यस्तो बयान (भिडिओसहित)

Nepalese Times August 4, 2024 (2 Month ago)    272 Views

काठमाडौं । पशुपति कोटिहोममा रिपोर्टिङका लागि गएका दुई पत्रकार कुटिएका छन् । कोटिहोम आयोजकका मान्छेहरुले नै आफूमाथि निर्घात कुटपिट गरेको उनीहरूको दाबी छ । लोकतन्त्र टाइम्सका पत्रकार प्रिन्स मिश्र र क्यामरा पर्सन अखिल मिश्रमाथि कुटपिट भएको हो । दुवैजनाको टाउकोमा चोट लागेको छ । भारतीय कथावाचक श्रीकृष्ण अनिरुद्रको भिडिओ खिच्ने क्रममा उनीहरुसँग विवाद सुरु भएको थियो । केही दिनअघि देवी प्रतिभाको पत्रकार सम्मेलनमा आलोचनात्मक प्रश्न सोधेकोमा रिसइवी साँधिएको मिश्रको दाबी छ । कुट्नेहरू आयोजक संस्थाकै स्वयम्सेवक भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस