Latest News

निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार धरौटी बुझाएर रिहा गर्न आदेश

Nepalese Times July 28, 2024 (4 Month ago)    218 Views

काठमाडौं । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल रिहा हुने भएका छन् । विशेष अदालतले ५० हजार धरौटी बोझाएर रिहा हुन आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी आज बयान दिन पुगेका थिए ।

थुनछेक बहसको क्रममा उनीसँग ५० हजार धरौटी मागिएको हो । आइतबार अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीको आदेश गरेको हो ।

मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ ।

सुरक्षण मुद्रण केन्द्रले ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८९ रूपैयाँले छाप्नेगरी सम्झौता गरेको थियो । महंगोमा स्पष्टीकरण छापेको भन्दै मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्तः शुल्क स्टिकर महंगोमा छापेको अख्तियारको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस