Latest News

मुकुल ढकालले गुहारे निर्वाचन आयोग, लेखे यस्तो पत्र

Nepalese Times July 28, 2024 (1 Year ago)    387 Views

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्रीबाट हटाइएका डा. मुकुल ढकालले पार्टीको विवरण अद्यावधिक नगर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

राजनीतिक पार्टीले आफ्नो विवरण अद्यावधिक गर्न दल सम्बन्धीको ऐन दफा ५१ अनुसार निवेदन दिनुपर्ने हुन्छ। त्यसरी निवेदन आएमा विवरण अद्यावधिक नगर्न भन्दै उनले निर्वाचन आयोगमा पत्र दर्ता गराएका हुन्। ढकालले आफूलाई स्पष्टीकरणको मौकासमेत नदिई अवैधानिक विधिबाट हटाइएको दाबी गर्दै आएका छन्।

‘असार २५ मैले सञ्चारमाध्यमबाट मलाई पार्टी महामन्त्री, पार्टी प्रवक्ता एवं केन्द्रीय समितिको सदस्यबाट पद मुक्त गरिएको जानकारी पाए। यद्यपि मैले पदमुक्त बारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन। यस सम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दल सम्बन्धीको ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्नका लागि त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अद्यावधिक नगर्न यो पत्र पेस गरेको छु,’ उनले निवेदनमा भनेका छन्।

राजनीकिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा (२) ले कारवाही गर्नुपूर्व सफाइ पेस गर्ने मानसिब मौका दिनुपर्ने भनेको तर आफूलाई सो मौका नदिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस