Latest News

कस्तो छ सौर्य एयरलाइन्सका पाईलट शाक्यको स्वास्थ्य ? अस्पतालको यस्तो प्रतिक्रिया

Nepalese Times July 26, 2024 (1 Month ago)    63 Views

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका चालक मनीषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । ​ कलेजका निर्देशक प्राडा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताइन् । शाक्यको ढाडको एउटा हड्डी र देब्रेपट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरूपमा आराममा राखिएको उनले बताइन्।

‘ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौं’, उनले भनिन्, ‘घर परिवारका बाहेकलाई भेट्न दिएका छैनौं ।’ यही साउन ९ गते काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा जहाजमा सवार १८ जनाको निधन भएको थियो ।

उक्त दुर्घटनामा चालक शाक्य गम्भीर घाइते भएका थिए । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस